सोमबारमात्रै देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

भाद्र २२ गते, विराटनगर –  पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं १ मा ८३ सहित थप ९ सय ७९  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३८ जना महिला र ६ सय ४१ जना पुरुष रहेका छन् ।

Sushmita Shah_Abadainik

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय त ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप जनाको कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *