बीरगञ्जमा थप एक जनाको उपचारको क्रममा मृत्यु ।

भाद्र २३ गते, विराटनगर –   वीरगंज हेल्थ केयरमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको गए राति हृदयघातबाट मृत्यु भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार वीरगंज हेल्थ केयरमा उपचाररत बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१० गंजभवानीपुर बस्ने ६० वर्षीय पुरुषको सोमबार राती १० बजे उपचारको क्रममा हृदयघातबाट मृत्यु भएको हो ।

मृतक मधुमेह, उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका र उहाँलाई पछिल्लो समय रुघाखोकी, ज्वरो, स्वाँस फेर्न गाह्रो हुने समस्या समेत देखिएको थियो ।संक्रमित भएपछि भदौ १४ बीरगंज हेल्थ केयरमा भर्ना भएका पुरुषको ९ दिन सम्म आईसियुमा उपचार भईरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *