रहेनन् साउथ इण्डियन फिल्मका चर्चित कलाकार जयप्रकाश रेड्डी ।

भाद्र २३ गते, विराटनगर –  साउथ इण्डियन (तेलुगू) फिल्म उद्योगका चर्चित कलाकार जयप्रकाश रेड्डीको हृदयघातबाट मंगलवार निधन भएको छ।

भारतीय समाचार माध्यमका अनुसार रेड्डीको आन्ध्र प्रदेशको गुंटूर जिल्लामा आज ७४ वर्षको उमेरमा निधन भएको हो ।

फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका जयप्रकाश कमेडी कलाकारका रुपमा तेलुगू सिनेमामा निकै चर्चित थिए। फिल्म क्षेत्रअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए।

फिल्मी करियर सुरु गरेपछि उनले प्रेमिचुकुंदम रा, गब्बर सिंह, चेन्नाकेशवारेड्डी, सीथाया र टेम्पर जस्ता लोकप्रिय फिल्म लगायत सयभन्दा बढी फिल्ममा काम गरेका छन्। उनले अन्तिम पटक सन् २०२० मा प्रदर्शनमा आएको महेश बाबुको फिल्म ‘सारिलेरू नीकेभवारु’मा अभिनय गरेका थिए।

रेड्डीको निधनमा आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडु, साउथ स्टार महेश बाबु, प्रकाश राज, जुनियर एनटिआर लगायत कलाकारले पनि गहिरो शोक व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *