मंगलबारमात्रै देशभर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि,६ जनाको मृत्यु ।

भाद्र २३ गते, विराटनगर –  पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं १ मा १४८ सहित थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ७ जना महिला र ५ सय ९५ जना पुरुष रहेका छन् ।

Sushmita Shah_Abadainik

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार २ सय त ८७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३२ हजार ९ सय ६४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप जनाको कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *