बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार,प्रहरीद्वारा नै घटना लुकाउने प्रयास ।

भाद्र २३ गते,विराटनगर  – कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

Sushmita Shah_Abadainik
कञ्चनपुर बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरीले ५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा ठाडो उजुरी दर्ता गराएकी छिन् ।उनी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् ।

उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए । किशोरीलाई भदौ १९ गते प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाएका थिए ।

उनले प्रहरीकै दबाबमा पहिलो दिन घटनाबारे नबताएको आरोप प्रहरी माथि लगाएकी छिन् ।

प्रहरीका अनुसार, आरोपित प्रहरीमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’बलात्कार गरेको आरोप लागेका ४ जना अहिले फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *