अल्का अस्पतालमा उपचारका क्रममा एक पुरुषको मृत्यु ।

भाद्र २४ गते,विराटनगर –  काठमाडौंको जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

Sushmita Shah_Abadainik

अस्पतालका अनुसार काठमाडौं विशालनगर निवासी ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको हो ।

मधुमेह, रक्तचापका विरामी रहेका उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।

मृतकको शव अहिले अस्पतालमै रहेको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *