भाद्र २४ गते,विराटनगर – नेपाली सिनेमा जगतका एक सफल लेखक तथा निर्देशक छेतन गुरुङको ४२ बर्षको उमेरमा निधन भएको छ ।
मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको पछिल्लो समय कलेजोले पनि पूर्णरूपमा काम गर्न छोडेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा गएराती २ बजे काठमाण्डौको मेट्रो अस्पतालमा निधन भएको हो ।
लेखक गुरुङले ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्रमा आफ्नो कलम चलाइसकेका थिए । यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ भने चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमणका कारण रिलिज हुन पाएको छैन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए ।
गुरुङ्गकी आमा र एक छोरी छन् भने श्रीमतीको केही वर्ष पहिला नै निधन भइसकेको छ।
Comments