बलिउड अभिनेत्री रिया चक्रवर्ती एनसिबीद्वारा पक्राउ ।

भाद्र २४ गते,विराटनगर  –  बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ।

मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएको छ। उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् ।

उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।
रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ ।

Sushmita Shah_Abadainik

 

यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । रिया मंगलबार बयानका लागि एनसीबीमा पुगेकी थिइन् ।
पहिलो दिन उनलाई ६ घन्टासम्म र दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । मंगलबार  रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।

यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो ।

यसैविच, नायिका चक्रवर्तीको उजुरीपछि बान्द्रा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीमा अवस्थित मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमारको विरुद्धमा एफआइआर दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *