सिरहा कारागार पनि ५९ कैदी बन्दीमा कोरोना पुष्टि ।

भाद्र २५ गते,विराटनगर – क्षमता भन्दा बढि कोचाकोच गरेर कैदी बन्दी राखिएको सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको हो ।
संक्रमिहरु सबै पुरुष हुन् ।

Sushmita Shah_Abadainik

महतोले भनिन् “प्रत्येक वर्ष भदौ महिनामा कैदी बन्दीमा भाइरल ज्वरो देखा पर्ने भएता पनि यसपटक देखिँदा कोरोनाको आशंकामा परीक्षण गराइएको यद्यपि उनीहरुको रिपोर्ट पोजेटिभ आउँदा अन्य सबैको परीक्षण गराउनुपर्ने अवस्था आएको छ ।”
बिहीबार र शुक्रबार कारागारका सम्पूर्ण कैदी बन्दी र कर्मचारीको स्वाब संकलन गरिने उनले बताइन् ।

गत चैतको दोस्रो साता मात्रै जिल्ला अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदी बन्दीलाई कोरोना भाइरस संक्रमण सर्ने भन्दै रिहा गरिएको थियो ।
सिरहा कारागारको १ सय ५० जना कैदी बन्दी राख्ने क्षमता भएतापनि अहिले कारागारमा ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ । यसमध्ये १८ जना महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *