कुवेतको अवैध मदिरा कारखानाबाट आठ नेपाली कामदार पक्राउ ।

भाद्र २५ गते,विराटनगर –  कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली कामदार पक्राउ परेका छन् ।

Sushmita Shah_Abadainik
त्यहाँको संचार माध्यमका अनुसार प्रहरीले तीन अपार्टमेन्टहरुमा अवैध गतिविधिहरु हुने गरेको सूचनाको आधारमा छापा मार्दा सुरक्षा अधिकारीहरुले छापा मार्ने क्रममा त्यँहा काम गर्ने ८ नेपाली सहित ठूलो संख्यामा रक्सीका बोतलहरु, रक्सी उत्पादनका उपकरणहरु पनि बरामद गरेका थिए । कुवेतको स्थानीय निकायको सहयोगमा बरामद गरिएका सामानहरु नष्ट गरिएको थियो ।

कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मार्दा यी अपार्टमेन्टहरुलाई रक्सी बनाउने कारखानामा परिणत गरिएको थियो ।

अहिले पक्राउ परेका आठ नेपालीलाई सोधपुछका लागि पठाइएको छ । त्यसपछि उनीहरुलाई रिपोर्ट गरेर आफ्नो घर पठाउने प्रक्रिया शुरु गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *