अब निजी स्कुलले अनलाइन कक्षाको शुल्क लिन पाउने ।

भाद्र २५ गते,विराटनगर –  सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलिदिएको छ ।

यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । कक्षा सञ्चालन गर्दै आएता पनि कम्तिमा आगामी असोज १ गते भन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।

सरकारले निर्देशिका जारी गरे संगै अभिभावकहरूले भने कोरोना महामारीका बेला संक्रमणकालीन शुल्क निर्धारण हुनुपर्नेमा जोड दिएका छन् । अनलाइन कक्षाको शुल्क निर्धारण गदा यातायात, खाजा खर्च लगायतका शीर्षकको खर्च कटौती गरि शुल्क ५० प्रतिसत मात्र निर्धारण गर्नुपर्ने नेपाल अभिभावक संघको माग छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *