बिहिवार मात्रै देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु ।

भाद्र २५ गते,विराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं. १ मा ८४ जना सहित थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sushmita Shah_Abadainik

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप जनाको कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *