कटुवा पेस्तोलसहित जनकपुरबाट दुई जना पक्राउ।

भाद्र २५ गते,विराटनगर – धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट बिहीबार प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

Sushmita Shah_Abadainik

पक्राउ पर्नेमा जनकपुरधाम लोहना निवासी २१ वर्षीय अजयराज कायस्थ र सोही ठाउँका २४ वर्षीय सुनिलकुमार मण्डल रहेका छन् ।

उनीहरुलाई प्रहरीले उपमहानगरपालिका-७ स्थित मुसहरी टोलबाट प्रदेश २–००३०० प. ७३७७ नम्बरको मोटरसाइकल चढेर आउँदै गर्दा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दुवै जना हतियार बेच्नलाई जनकपुरधामतर्फ आइरहेका थिए ।उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *