पाटन अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु ।

भाद्र २६ गते,विराटनगर – ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृतक काठमाडौं निवासी ६३ वर्षीय पुरुष रहेका छन् । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए र उनको आज बिहान ३ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

योसँगै काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६, भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *