शुक्रवार मात्रै देशभर थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु ।

भाद्र २६ गते,विराटनगर –    पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं. १ मा ११७ जना सहित थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । जसमा ४६३ जना महिला छन् भने ९९१ जना पुरुष रहेका छन् ।

Sushmita Shah_Abadainik

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ७२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप  ५ जनाको  कोरोना संक्रमणबाट  मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *