खुकुरी प्रहारबाट महिलाको हत्या, हत्याका आरोपित पक्राउ ।

भाद्र २८ गते,उदयपुर – उदयपुरको कटारी नगरपालिका-११, लखनथुम्का बस्ने ५० बर्षीय डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ ।
हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार बिहान साँढे ८ बजेको समयमा घरमा नै बसीरहेकी राउतलाई निजकै घरमा आई मगरले एक्कासी लछार पछार गर्नुका साथै, साथमै बोकेको खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका मगरलाई कटारी नगरपालिका -११ हात्तीसुँडे स्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *