सिन्धुपाल्चोक पहिरो [अपडेट ] नौ जनाको शव फेला, २२ जना अझै बेपत्ता ।

भाद्र २८ गते,सिन्धुपाल्चोक  – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएरातिको पहिरोमा परी बेपत्तामध्ये अहिलेसम्म नौ जनाको शव फेला परेको छ ।अरु २२ जना अझै बेपत्ता छन् ।

 

बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको थियो । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार  अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षका धनलाल विक र ६० वर्षीया हिरामाया नेवार छन् ।

बाह्रबीसे–७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार पहिरोले जमिन भास्सिएर अझ ठूलो पहिरो आउँदा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल, तामाङ टोलको नामोनिसान मेटिएको छ । भिरखर्क र नागपुजेका गरी ५८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । माथिल्लो टोलका घाइतेलाई दुई घण्टापछि मात्रै उद्धार गरेर बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । स्वास्थ्य केन्द्रमा भर्ना गरिएका तीन घाइतेलाई काठमाडौं रिफर गरिएको छ।

सभामुख अग्नि सापकोटा आइतबार सुरक्षाकर्मीसहित घटनास्थल पुगेर स्थानीयको अवस्था र उद्धारकार्यबारे जानकारी लिएका छन् ।

पहिरोमा परि वेपत्ता हुनेहरुको नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *