कक्षा १२ का विद्यार्थीले नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने ।

भाद्र २८ गते,विराटनगर –  कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो ।

कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले बोर्डले विद्यार्थीको विवरण सङ्कलन सुरु गरिएको जानकारी दिनुभयो ।

यस विषयको जानकारी बोर्डका प्रदेश कार्यालयलाई गराउन सबै विद्यालयलाई आग्रह गरिएको छ ।

बोर्डले परीक्षाका विभिन्न विकल्पबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिने स्पष्ट गर्दै त्यसका लागि सरकारसँग स्वीकृतिको समेत माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *