आईतबार मात्रै देशभर थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु ।

भाद्र २८ गते,विराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं। १ मा ७८ जना सहित थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३६५ जना महिला छन् भने ६७४ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आईतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

Sushmita Shah_Abadainik

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६ सय ९६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *