सोमबार मात्रै देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु ।

भाद्र २९ गते,विराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं. १ मा १०८ जना सहित थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा ३९९ जना महिला छन् भने ७७१ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

Sushmita Shah_Abadainik

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० जना पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *