प्रहरी नै तस्करीमा

बिराटनगर;
लकडाउनका नेपाल भारतको सीमा क्षेत्रमा तस्करी बढेको छ । वीरगञ्ज भन्सारसँग जोडिएको सीमावर्ति शहर रक्सौलवाट नेपालतर्फ रजनीगन्धा लगायतका बस्तुहरु तस्करी भएर भित्रन थालेको हो ।

त्यस्तो कार्यमा सुरक्षाकर्मी नै संलग्न हुने गरेको स्थानीयको आरोप छ । सीममा लकडाउन भएपनि सुरक्षाकर्मी भने रक्सौलसम्म पुग्ने गरेको भेटिएको छ । ना २१ प ४५२९ नम्बरको मोटरसाईकल चढेर सशस्त्र र नेपाल प्रहरीका दुई जवान रक्सौल पुगेको तस्वीर त्यहाँबाट प्रकाशित हुने भ्वाइस अफ रक्सौल पत्रिकाले छापेको छ ।

स्थानीयले विरोध गरेपछि दुबै सुरक्षाकर्मी भागेको बताइएको छ । पर्सा प्रहरीले भने निषेधाज्ञाको समयमा कोही पनि सीमापारी स्वीकृति विना जान नपाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *