मंगलबार मात्रै देशभर थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु ।

भाद्र ३० गते,विराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं. १ मा १४० जना सहित थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा ४४६ जना महिला छन् भने १०१३ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

Sushmita Shah_Abadainik

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *