खोलाले बगाएर १ बृद्धको मृत्यु ।

भाद्र ३१ गते,उदयपुर –  गएराति खोला तर्ने क्रममा खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

मृत्यु हुनेमा उदयपुर, रौतामाई गाउँपालिका ७ की ६० बर्षीया तिलमाया पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार मंगलवार राती ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मगरको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *