निमोनियाबाट ग्रसित पूर्व प्रधानन्यायाधीश सिंहको निधन ।

भाद्र ३१ गते,काठमाडौं –  सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको १०१ वर्षको उमेरमा आज निधन भएको छ। उहाँ निमोनियाबाट पीडित रहनु भएको थियो ।

Sushmita Shah_Abadainik

बि.स.१९७६ माघ २० मा जन्म हुनु भएका उहाँ २०१३ जेठ देखि २०१६ असार सम्म सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहनु भएको थियो ।  उहाँ २०३४ पुसदेखि २०४२ वैशाखसम्म अख्तियारका पहिलो प्रमुख आयुक्त र लोक सेवा आयोगको अध्यक्ष समेत रहनु भएको थियो ।

उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *