कांग्रेस माहामन्त्री कोइराला आइसीयूमा भर्ना ।

भाद्र ३१ गते,काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई गएराति आइसीयूमा भर्ना गरिएको छ ।

Sushmita Shah_Abadainik

केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि डा. कोइराला होम आइसोलेशनमा रहदै आउनु भएको थियो ।

कोइरालालाई अचानक ज्वरो संगै निमोनिया देखिए पछि काठमाडौ चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको हो । अहिले उहाँलाई रिम्डिसिभिर औषधि चलाइएको र उहाँको स्वास्थ्य अबस्था स्थिर रहेको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिनुभयो ।
उहाँलाई डा.विश्वनाथ कोइरालाको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *