विराटनगरमा निशुल्क सेनिटाइज गर्दै आएका समाजसेवी ढकालको अभियानमा अन्य यूवा तथा समाजसेवीहरुले पनि साथ दिदै ।

भाद्र ३१ गते,विराटनगर  –  स्टार इटा उद्योगका संञ्चालक दिपक ढकालले ब्याक्तिगत लगानीमा पछिल्लो समय हटस्पट बन्दै आएको बिराटनगर लगायत मोरंगका बिभिन्न स्थानका ६ सय घर मा निः शुल्क सेनिटाइज गरेका छन् ।
बिराटनगर महानगरपालिकामा कोरोना लागेका वडा अध्यक्ष को घर देखि निम्नस्तर भएका मानिसहरुको घरमा निशुल्क सेनिटाइज गरीदिएका हुन् ।

कारोना नियन्त्रण गर्न आगामी दिनमा कोरोना लागेका र कोरोना निको भइसकेका परिवार हरुका घरमा सेनिटाइज गर्ने मुख्य योजना बनाएर सेनिटाइज गरीरहेका समाजसेवी ढकालले आगमी दिनमा बिराटनगरका २१ वडा नै निशुल्क सेनिटाइज गर्ने योजना बनाएका छन् ।

केहि सेनिटाइज गर्ने मेसिन खरीद गर्ने क्रममा रहेका कारण चाहे अनुसारको वडाहरुमा सेनिटाइज गर्न नपाएको भएपनी अहिले सेनिटाइज गर्ने मेसीन थप भएको तर बिराटनगर भरीका वडाहरुलाई सेनिटाईज गर्न उक्त मेसिन प्रयाप्त भने नभएको उनले जनाएका छन् ।
उनले निस्वार्थ भावले बिभिन्न स्थानमा गरेको सेनिटाइज लाई अझ प्रभावकारी गर्नका लागी बिभिन्न क्षेत्रमा सहभागि रहेका यूवा तथा अन्य समाजसेवीहरुले समेत उनलाई साथ दिएका छन् ।

उनले थलानी गरेको निशुल्क सेनिटाइज गर्ने यो अभियानले समाजमा एक उदाहरणीय छाप छोड्ने त छदैछ यद्यपी उनले यसरी नै बिराटनगर भरि निशुल्क सेनिटाइज गरे स्थानीय प्रदेश एक सरकारलाई नै चुनौति सावित हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *