सिरहाको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु ।

भाद्र ३१ गते,सिराहा – सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङको घर भइ सुनसरीको इटहरी- ४ बस्ने पेशल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा आफैंले चलाएको को,२२ प २९४४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *