फेरि भेटियो चार कम्पनीको स्यानिटाइजरमा विषाक्त रसायन मिथानोल ।

भाद्र ३१ गते,विराटनगर –  चार कम्पनीको स्यानिटाईजरमा मानव स्वास्थ्यकालागि हानीकारक रसायन मिथानोल मिश्रति भएको फेला परेको छ ।

चीन र भारतबाट आयात भएका दुई कम्पनीसहित ललितपुर रकाठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्थापन विभागले जनाएको छ ।

नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० ml र भारतको गुजरातमा बनेको पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० ml मा विषाक्त गुणस्तर पाइएको हो ।

यस्तै काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ ml तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० ml मा कम गुणस्तर पाइएको विभागले जनाएको छ ।

यूनिकेयरमा ५५ %  र सासामा ३९.३४ % मेथानोलको मात्रा पाइएको थियो ।  यस्तै ओपकलमा ६८ % र पामाकेयरमा ६६ %  इथानोलल भएको भेटिएको थियो ।

कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई आग्रह गरेको छ ।

यसअघि पनि हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने “इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ” , ओरिजिनलु आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने “एड्भान्स ह्यान्ड स्यानिटाइजर”, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने “इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर “,” रिफ्रेरिसङ जेल “र सूर्यमुखी हर्बल प्रोडक्टको “सूर्यमुखी ह्यान्ड स्यानिटाइजर” मा विषाक्त मिथानोल रहेको पाइएको थियो ।

गुणस्तरहीन स्यानिटाइजर प्रयोग नर्गन विभागले सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *