विराटनगरमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु ।

असोज १ गते, विराटनगर – विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

विराटनगर कोशी अस्पताल आइसोलेसनका संयोजक डाक्टर लक्ष्मीनारायण यादवका अनसुार, मृतक  पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गएराति आफन्नले  लाइफगार्ड अस्पताल विराटनगर पुर्‍याएका थिए । अस्पतालले कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि कोशी अस्पताल पठाएको थियो ।

गम्भीर अवस्थामा बुधबार राति करिब ११ बजे  अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको १२ बजे मृत्यु भएको हो । मृतक विराटनगर महानगरपालिका-६ का ६६ वर्षीय पुरुष रहेका छन् ।
उनको मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *