असोज १ गते देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु ।

असोज १ गते,विराटनगर – पछिल्लो २४ घन्टामा नेपालमा प्रदेश नं। १ मा १६२ जना सहित थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा ४२८ जना महिला छन् भने ८१८ जना पुरुष रहेका छन् ।


 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४२हजार ९ सय ४९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *