असोज २ गते, विराटनगर – ललितपुरबाट प्रहरीले चार लाख ६५ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ ।
ललितपुर–१४, ताल्छीखेलमा रहेको एक सुन पसलमा आएका ग्राहकले नक्कली नोट दिएर सुन खरिद गरेको भनि जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी नामक पसलका सञ्चालक डम्बरबहादुर रिजालले प्रहरीलाई सूचना दिएपछि खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट खटिएको टोलीले नोट बरामद गरेको हो ।
५ तोला बराबरको सुनको हार किन्ने बहानामा आएका व्यक्तिले ५ लाख भनेर हजार दरको नोटको बिटो पसल सञ्चालकलाई दिएको र सञ्चालकले पैसा राम्रोसँग नहेरी हारको बिल बनाउदै गर्दा हार किन्न आएका व्यक्ति भने फरार भएका थिए ।
फरार व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Comments