अब जुनसुकै कम्पनीको खाली ग्यास सिलिण्डर किन्दा २१ सय रुपैयाँ पर्ने ।

असोज २ गते, विराटनगर –  नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ निर्धारण गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा भिन्नता पाइएपछि मुल्यमा एक रुपता ल्याउन यस्तो निर्णय गरिएको हो । बागमती प्रदेशमा शुक्रबारदेखि लागू हुने गरि गरिएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिण्डरको धरौटी २१ सय र निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ सहित एलपी ग्यास सिलिन्डरसहित किन्दा ३,४७५ रुपैँया पर्नेछ ।
‘यसअघि नयाँ सिलिण्डरसहितको ग्यास खरिद गर्दा उपभोक्ताले ४ हजार ५ सय रुपैयाँसम्म तिरेको गुनासो आएको भण्डरीले बताएका छन् ।

सिलिण्डरको फ्याक्ट्री लागत १९ सय ५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर एक सय गरेर २१ सय धरौटी तोकिएको हो ।

उद्योगले कुनै विकल्प नदिई उद्योग बन्द गरेमा वा उपभोक्ता बसाइँ सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने निर्णय समेत संघले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *