असोज २ गते,विराटनगर – चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत् एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको भएको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत् उनको गएराति १२ः१८ बजे मृत्यु भएको हो।
भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएका उनमा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
Comments