असोज ४ गते,काठमाडौं – आइतबार राति करिब २ बजे पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।
काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ । अहिले उद्धार कार्य भइरहेको छ ।
ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् । चालक हेटौंडाका ३२ वर्षीय सुदिप बोहरा र सहचालक मनिस नगरकोटी रहेका छन्।
उनीहरूले प्रहरीलाई दिएको बयान अनुसार गाडीको स्टेरिङ अड्किएपछि दुर्घटना हुन पुगेको र उनीहरुले भने हाम्फालेर ज्यान जोगाएका हुन् ।
Comments