असोज ४ गते,कैलाली – कैलालीमा महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा गाउँपालिकाका प्रशासन अधिकृत पक्राउ परेका छन्।
पिडित महिला कर्मचारीले दिएको जाहेरीका आधारमा प्रहरीले जोशीपुर गाउँपालिकाको प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्यायलाई गाउँपालिका कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ गरिएको हो ।
पिडितको जाहेरीमा डरधम्की देखाएर आफुलाई बलात्कार गरेको उल्लेख छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ।
Comments