असोज ४ गते विराटनगर – नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारको सुनको मूल्यमा घटबढ नभई आईतबार समेत सोहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेकोमा तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपियाँ कायम छ ।
आईतबार चाँदीको मूल्य भने १५ रुपियाँले घटेर प्रतितोला एक हजार ३१५ रुपियाँमा कारोबार भैरहेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला एक हजार ३३० रुपियाँमा कारोबार भएको थियो ।
Comments