बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट ।

असोज ४ गते, सिराहा –  बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका -५ की एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवलाई बोक्सीको आरोप लगाउदै स्थानीयवासीले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् ।


गाउँमा एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीय धर्मनाथ यादव, उहाँका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादव लगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिनुभयो ।

गत भदौ २९ गते राति घरमा सुतिरहेको अवश्थामा स्थानीयवासीले तथानाम गाली गर्दै यादवलाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरि खेतमा लगेर फालिदिएको र कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने धम्की  समेत दिँदै आएको परिवारले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *