नेकपा विराटनगरका इन्चार्ज र अध्यक्ष संक्रमितको घरघरमा ।

असोज ५ गते,विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ ।

नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी
लिएको हो । अध्यक्ष थापाका अनुसार विराटनगर ५ मा ३५ घर संक्रमित परिवार र वडा नम्बर १७ का ३२ संक्रमित परिवारसँग भेटघाट गरेको हो ।

भेटका क्रममा केन्द्रीय सदस्यसमेत रहनु भएका मण्डल र अध्यक्ष थापाले आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार, जडिबुटी समिश्रित अमृत चिया,
च्यावनप्रास, गेडागुडी हस्तान्तरण गर्नुभएको थियो ।

नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव ११ सय संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई
हेला होइन माया गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले
बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *