असोज ५ गते,विराटनगर – मोरङ कटहरी-७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ ।
आईतबार दिउसो आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनी लाई करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगी आवश्यक कानुनी कारबाही पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।
Comments