कोरोना रोकथाममा भएको खर्च सार्वजनिक गर्न विप्लवद्वारा तीनदिने अल्टिमेटम ।

असोज ५ गते,झापा –  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिन भित्र कोरोना महामारी रोकथामका नाममा खर्च गरेको हिसाव सार्बजनिक गर्न माग गरेको छ ।

कोरोनाका नाममा स्थानीय तहले चरम भष्ट्रचार गरेको तथा करोडौं रुपैयाँ हिसाव किताव अनियमितता गरेको ठहर गर्दै विप्लव नेतृत्वको माओवादीले स्थानीय तहलाई हिसाव सार्वजनिक गर्न तीन दिने अल्टिमेटम सहित विज्ञप्ति जारी गरेको छ ।

आइतवार झापा सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा झापाका सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्ट्रचार र बेतिथि बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादीले झापाका निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गर्ने, वैंक तथा वित्तीय संस्थाहरुले मध्यम वर्गीय गुजारा मुखी व्यवसायहरुलाई किस्ता र ब्याजको ताकेता गरेर समस्या पैदा गर्ने जस्ता कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।

स्थानिय निकायहरुलाई जनताको हितमा काम गर्न अन्यथा कडा जनकारवाही गर्ने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *