गएको २४ घण्टामा देशभर थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु ।

असोज ५ गते,विराटनगर – पछिल्लो २४ घण्टामा नेपालमा प्रदेश नं. १ मा १२२ जना सहित थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा ४१८ जना महिला छन् भने ७३६ जना पुरुष रहेका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *