सहकारी संस्थाले लिने ब्याजको दर तोकियो, १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने ।

असोज ६ गते, विराटनगर –  सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि लागु हुने गरि  ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने निर्णय भएको छ ।

यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर लिदै आएकोमा घटाएर सरकारले नयाँ सन्दर्भ ब्याजदर १४ं.१५ प्रतिशत तोक्दै सहकारी संस्थाहरुले यो भन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए ।

‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’को पहिलोे बैठक गत साउन ६ गते सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *