मंगलबार सुनको मुल्यमा भारी गिरावट ।

असोज ६ गते, विराटनगर –  मंगलबार  सुनको मूल्यमा भारी गिरावट आएको छ ।

सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैयामा कारोवार भएकोमा मंगलवार तोलामा १७ सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ९५ हजार रुपैयामा कारोवार भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *