असोज ६ गते, विराटनगर- मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार निधन भएका कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
साथै शेर्पाको सम्पूर्ण किरिया खर्च समेत सरकारले व्यहोर्ने भएको छ ।
हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको थियो । उनले अक्सिजनबिना नै १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए।
उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।
Comments