डा. केसीको जीवनरक्षाको माग गर्दे मंगलबार स्वास्थ्यमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र ।

असोज ६ गते,विराटनगर-  ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक संस्थाले विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा, गोविन्द केसीको जीवनरक्षाको माग गर्दे मंगलबार स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अनुपस्थितिमा राज्यमन्त्री नवराज रावतले उक्त ज्ञापन पत्र बुझेका थिए । ज्ञापन पत्रमा डा. केसीले उठाएका माग सम्वोधन गर्न आग्रह गरिएको छ ।

उक्त संस्थाका संयोजक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री रावतले डा। केसीका मागप्रति सरकार सकारात्मक रहेको र चाँडै सम्बोधन हुने आवश्वासन दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।

अनशनकै क्रममा सोमबार नेपालगञ्जबाट ११ : १५ बजेको फ्लाइटमा काठमाडौं आएका डा। गोविन्द केसी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *