असोज ६ गते,सुनसरी – श्रीमती जिस्क्याएको निहुँमा सुनसरीको इनरुवा नगरपालिकामा एक पुरुषले छिमेकी वृद्धमाथि खुकुरी प्रहार गरेका छन्।
इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइरालालाई खुकुरी प्रहार गरेका हुन् । हतियार प्रहार गर्ने खड्कालाई गाउँलेले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए।
शनिबार साँझ खड्काले घरबाट खुकुरी लिएर गई वृद्धमाथि अन्धाधुन्ध प्रहार गरेका थिए।सोही क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन्।
दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ।
खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको बयाब प्रहरीसमक्ष बयान दिएका छन्।
प्रहरीले उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।
घाइते वृद्धको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ।
Comments