असोज ६ गते,सुनसरी – पूर्व पश्चिम राजमार्ग अन्तगर्त इनरुवा सडक खण्डका मंगलबार दिउसो भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
सुनसरी ईनरुवा–८ बस्ने ४० बर्षीय सम्पत लाल उरावले चलाएको को ४ प २६९४ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुदा उराव गम्भिर घाईते भएका थिए ।
उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Comments