चौतर्फी विरोधपछि अन्तत डाक्टर केसीलाई टिचिङ हस्पिटल लगियो ।

असोज ७ गते, काठमाडौं –  अनसनरत डाक्टर गोविन्द केसीलाई मंगलबार राष्ट्रिय ट्रमा सेन्टर लगिएको बिषयलाई लिएर चौतर्फी रुपमा विरोध भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ।

डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डाक्टर केसीलाई त्रिभुवन विमानस्थलबाट सोझै टिचिङ अस्पतालमा ल्याउने भनिए पनि बीचमा प्रहरी परिचालन गरी उनलाई ट्रमा सेन्टरमा लगिएको थियो।
ट्रमा सेन्टरबाट डिस्चार्ज गरेर साँझ साढे ६ बजेपछि टिचिङ अस्पताल पुर्‍याइएको हो।

डाक्टर केसीले ट्रमा सेन्टरको उपचार बहिस्कार गरि टिचिङमा लैजानु पर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालि ट्रमा सेन्टर लगेका थिए। प्रहरीको उक्त कदमको तीव्र निन्दा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *