असोज ७ गते,विराटनगर – पछिल्लो २४ घण्टामा नेपालमा प्रदेश नं. १ मा ९६ जना सहित थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा ४२६ जना महिला छन् भने ७४६ जना पुरुष रहेका छन् ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ जना पुगेको छ ।
Comments