घरले पुरीएर नाबालिकाको मृत्यु ।

असोज ८ गते,धनकुटा – धनकुटा महालक्ष्मी-९ सिरिसे बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ ।

बुधवार दिउसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धन बहादुर सामान्य घाईते भएका छन ।
साथै सोही घरको मुनी रहेका एउटा भैँसी र एउटा गाई समेतको पुरीएरै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *